गुरुङ भाषामा ‘रोधीं’को अर्थ सुत्ने घर भन्ने जनाउँछ । ‘रो’ भनेको सुत्ने र ‘धीं’ भनेको घर हो । यो गुरुङ समुदायमा प्रचलित सामाजिक संस्था हो । एउटा पवित्र मन्दिर हो । रोधीं युवक र युवतीहरूको छुट्टाछुट्टै हुन्छ । समान उमेर समूहका युवतीहरू जम्मा भएर ऊनबाट राडी कम्मल र युवाबाट थैलो भाग्रो बनाउँने गर्दछ । नाचगान गरेर दिनभरिको थकाई मेट्ने काम गर्दछ । रोधी घरको बाबालाई ‘रोस्यो बाबा’ र आमालाई ‘रोस्यो आमा’ र युवतीहरूलाई ‘रोस्यौ’ भनिन्छ । गाउँको घाँटु, सोरठी, कृष्ण चरित्र सञ्चालन रोस्यौंहरूले गर्दछ । रोस्योहरू आफ्नो मायालु माइतीसँग मिलेर हुरी (पर्म) गर्ने गर्दछन् ।
यसलाई गुरुङ भाषामा ‘नो कोरा’ भन्दछ । ‘नो’ भनेको पर्म (खेताला) र कोरा भनेको ‘घुमाउरो’ (सक्कल) हो । रोधीको युवा युवतीहरू सिउलु प्रेक अर्थात् सिउलु चोका गर्छन् । डम्फु, मादल, तरुल, कालिज, प्युरा, रक्सी खिर र क्रमु लिएर युवतीहरूलाई प्रेमको उपहार दिन्छन् । युवतीहरूले जाँड, रक्सी, सेलरोटी र भाँग्रा उपहार टक्राउछन् । एक आपसमा चोखो माया र सद्भाव साट्छन् र एक आपसमा कस्तो व्यवहार गर्ने कसरी मिलेर बस्ने भन्ने समझदारी र अनुशासनको पाठ सिक्ने पाठशाला सिक्छन् ।
रोधीमा गरिने विविध कार्यक्रमहरुः
रोधी गण्डक प्रदेशमा बसोबास गर्ने गुरुङहरुको सँस्कृतिमा आधारित सामाजिक परम्परा हो । सबै नेपालीको जन जिब्रोमा झुण्डिने सुन्दर शब्द हो । रोधी शब्द अहिले गुरुङ सँस्कृतिभन्दा माथि उठेर आम नेपालीको प्रिय ब्राण्डको रुपमा स्थापित भएको छ । तसर्थ व्यवसायीहरु आफना व्यापारको कम्पनीको नाममा रोधी शब्द राख्न रुचाउँछन् ।
जसले गर्दा आम गुरुङहरु आकर्षित हुन्छन् भन्ने मान्यता राख्छन् । रोधी परम्पराको आरम्भ ३÷४ सय वर्ष पहिलो गुरुङ सभ्यताको केन्द्र क्होला सोंथरबाट भएको मानिन्छ । १३÷१४ वर्ष उमेर पुगेपछि गुरुङ युवा युवतीहरु रोधी जान सुरु गर्छन् । केटाहरुको छुट्टै र केटीहरुको छुट्टै रोधी हुन्छ । रोधीघरको आमालाई रोस्यो आमा र बालाई बाबा भनिन्छ । रोधीको रोस्योहरुको अभिभावक रोस्यो आमा र बाबा हुन्छ । रोधी गुरुङहरुको सामाजिक परम्परा हो । अभिन्न अंग हो । समानता, समावेशी, इमान्दारीता, जवाफदेहीता, कर्तव्यपरायणता देखि लिएर रहन सहन, जीवन, बाँच्ने तरिका, अतिथिको सत्कार सबै कुराहरु रोधीमा सिक्छन् । माथि उल्लेखित कुराहरु सिक्नको लागि रोधीमा विविध क्रियाकपाल गरिन्छ ।
१) रोधी दरैबाः
समान उमेर समुहको युवातीहरुले गाउँको अग्रज तत्कालीन जिम्मुवाल अर्थात् भद्रभलादमीहरुलाई एक पुग (ठेको) रक्सी र एक पेराँगु सेलरोटी समाएर रोधी दर्ता गराई पाउ भन्ने अुरोध गरेपछि शुभदिन जुराई घाँटु वा सोरठी नाच वा कृष्ण चरित्र नचाएर रमाईलो वातावरणमा रोधी दर्ता गरिन्छ । कार्यक्रममा आवश्यक पर्ने चिया, जाँड रक्सीको प्रबन्ध रोधीको युवतीहरुबाट गरिन्छ । गाउँको अग्रजहरुले रोधीको रोस्यो (युवती)हरु सबैलाई दहि चामलको टीका लगाएर आशिमला दिएर विधिवत रोधी दर्ता भएको घोषणा गर्दछ । यसैलाई रोधी दरैबा भनिन्छ ।
रोधी दर्ता भएपछि मात्रै रोस्योहरु (रोधीको रिमैहरु) गाउँमा सञ्चालन गरिने अरु विभिन्न कार्यक्रमहरुमा सहभागि हुन पाउँछन् । रोधी साधारणतया युवायुवती भेला भएर नाच्ने गाउँने घर जस्तो देखिन्छ । तर वास्तविकता अर्कैछ । रोधीको आफनो मुल्य मान्ता छ । यसको छुट्टै प्रक्रिया हुन्छ । गुरुङ समुदायको प्रचलित मौलिक परम्परा सबैसबै रोधीबाट शुरु हुन्छ । “अतिथि देवो भव” अतिथिहरुलाई देवता समान मान्ने गुरुङको चलन गुरुङहरुले रोधीबाट सिक्दछन् । ठूलालाई सम्मान गर्ने सानालाई माया गर्ने चलन प्रेम र करुणाको मान्यता, आपसी समानता, समावेशी र सामुहिकता र परोपकारिता लगनशिलता र अन्य सिपमुलक कुराहरु पनि रोधीमा सिक्दछन् । ‘राजाको नीति गुरुङको थिति’ पनि रोधीबाट सिक्दनन् । जुन उखान गुरुङ समुदायमा ज्यादै प्रचलित हुन्छ ।
वैशाखपूर्णे गुरुङहरुको एउटा महत्वपूर्ण पूर्ण पर्व हो । आफ्ना पितृ पूजा गर्न, ज्वाँई चेली, भाञ्जा भाञ्जी सबैलाई बोलाएर ३ दिनसम्म घाँटु नचाएर वैशाख पूर्णे मनाउने चलन छ । यसलाई चण्डी पूर्णे पनि भनिन्छ । पहिले पहिले लाहुरे छुट्टी मिलाएर वैशाख पूर्णे मान्न आउँथे । बन्दीपुर, पोखराका नेवार साहुहरु यहि अवसरमा कपडाको दोकान लिएर बेच्न आउँथे । दर्ता भएको रोधीले मात्र घाँटु नचाउन पाउने चलन अनुसार गाउँको भद्र भलादमीहरुको सहयोगमा दौतरी मैमै (समान उमेर समुहको) युवाहरुको सहकार्यमा ३ दिनसम्म घाँटु नचाइन्छ । घाटु नचाउने जिम्मा पाउनुलाई विशेष अवसरको रुपमा लिईन्छ ।
गुरुङ गाउँहरुमा पौष महिनामा गाउँ भरीकै सबै घर धुरीबाट एक पाथी कोदो र एक पाथी धान उठाउँछ । यसलाई ठूलो स्योरा भनिन्छ । उठाएको कोदो र धान गाउँ समाजमा आईपर्ने समस्या सुल्झाउन उठाईएको हो । यहि अवसरमा घाँटुमा समावेश भईसकेको र रोधीको रोस्योहरुबाट एक माना चिउरा वा अनादीको खट्टे उठाउँछ । जुनगाउँ समाजमा पाहुन आउँदा खर्च गरिन्छ ।
२) घनीर चोंवाः
गाउँ समाजको दर्ता गरेको रोधीको रोस्योहरु प्राय सबै घनीमा समावेश गरिन्छ । सामान्यतय गुरुङ संस्कार सँस्कृतिमा आईपर्ने विविध क्रियाकलापमा सहभागी गराउने घनीर चोंवा (घनीमा मिसाउने) भनिन्छ । घनीमा पसेपछि सुख दुःखमा गर्नुपर्ने सबैकुराहरुमा सहभागि हुनुपर्छ । जस्तै मान्छे मर्दा मलामी जाने, विवाहमा जन्ती जाने, गाउँमा दैविक प्रकोप भएमा पीडित पक्षलाई सहयोग गर्ने काम गर्नुपर्दछ । गाउँलेले उठाएको रकम दस्तुर बुझाउनु पर्दछ । यसबापत दशै तिहारमा पिङ्ग राख्न पाउने (सहभागी हुन पाउनु) अवसर पाउँदछ । खोलामा दुवाली फर्काएर माछा समात्दा र पुवा (विशेष प्रकारको सिस्नो जसबाट थैलो डोरी र भांग्रा बनाइन्छ) काट्न जाँदा घनीमा भएको महिलालाई दुईवटा भाग दिइन्छ । गाउँमा घाँटुको खुवै (सबै मिलेर खाने एक किसिमको भोज)मा पनि रोधीको रोस्योहरुलाई दुईटा भाग दिइन्छ ।
अरु सबैलाई एक भाग मात्र दिइन्छ । घनीमा समावेश भएको महिलाको विवाह भएमा पहिला दुलीलाई रोधीमा ल्याएर रोस्यो बाबा, आमा र अन्य रोधीको साथीहरुबाट खुट्टा धोएर आर्शीवाद र उपाहार दिई सकेपछि मात्रै आप्mनो घरमा ल्याएर बाबा आमा ईष्टमित्र, भाइखलकहरु सबैले आर्शीवाद उपाहार दिएर अन्माउँछन् । गाउँले सबै दुलही पु¥याउन अनिवार्य जानुपर्छ । घनी मा सहभागी नगराएको दुलही हो भने सबैगाउँ अनिवार्य जानुपर्दैन भाइखलक मात्र जान्छन् । यसकारण घनी र भनेको रोधीको रोस्योलाई सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागि गराउनु, सामाजिक उत्तरदायित्वको जिम्मा लगाउनु भन्ने बुझनुपर्दछ । मेलापात, जात्रा, मलामी, जन्ती, आर्घु, पुटपुटे र विवाहरुहमा सहभागी गराउने सहयोग गर्न लगाउनु नै घनीमा सहभागी गराउनु हो ।
३) रिमै मैमै थिँवाः
समान उमेर समुहको दौतरी युवायुवतीहरु (रोस्यो रिमै मैमै)हरुको रोधीको विविध क्रियाकलाप र कार्यक्रमहरुमा सहकार्य र समान सहभागिता हुन्छ । दसैं तिहारमा पिङ्ग बनाउने, नोकोर गर्ने (सँगसँगै पर्मा लगाउने जसलाई हुरी लगाउने पनि भन्छौ) अर्घौ, पुटपुटे र विवाहमा सम्बन्धित व्यक्ति र घरलाई सघाउने, वैशाख पूर्णिमामा घाँटु लगायत प्राय सबै कार्यक्रमहरुमा सँगसँगै सामुहिक रुपमै यहि अवस्थामा दौतरी मैमै (युवा साथी)ले आफना समान उमेर समुहको (युवती साथी) रिमैहरुलाई डम्फु मादल, तरुल, खीर, क्रमु (गुरुङ महिलाले प्रयोग गर्ने मजेत्रो) कुल्फी (चुरोट खाँदा प्रयोग गर्ने निगालोको सामान) खुर्पिटो आदि उपहार लिएर सम्मान गर्न जान्छन् । रोधीको रिमैहरु सबैलाई पुग्ने गरी जति जना हुन्छ त्यति नै तरुल र खीरको भारी (थुन्सी) लिएर जान्छन् ।
रोस्यो रिमैहरु सरह रोस्यो आमालाई पनि सम्मान स्वरुप कोसेली लगिएको हुन्छ । कोसेली लिएर सम्मान गर्न आएको मैमैहरुलाई रिमैहरुले चौरासी व्यन्जनको परिकार खुवाउँछन् । हात मुख धोई दिने रुमालले पुछिदिने भात खाएपछि हात कोप्रामा धुन दिइन्छ । बल, वर्कत र विवेकले भ्याएसम्मको सम्मान गर्दछ । त्यसको पाँच ६ महिना वा वर्ष दिनपछि केटी पक्षको रोधीबाट मिठोसँग तयार गरेको भाते जाँड तीन पाने रक्सी, सेलरोटी, पगरी, जाली वा बुट्टे रुमाल, भाँग्रा र राडी समेतको एक थुन्सी तयार बनाएरप्रति मैमै (युवा साथीहरु)लाई पु¥याउन जान्छन् । रोधी घरको रोस्यो बाबालाई पनि एक भारी नै लगिदिन्छ । कोसेली पु¥याउन आउने सबैलाई खानाको परिकार बनाएर खुवाइन्छ । खसी, कुखुरा काटिन्छ । माछा मासु तयार पारिन्छ अर्थात् बुद्धि विवेकले औकतले भ्याएसम्मको खाना परिकार खुवाउँदछ ।
अतिथि नै देवता हो, कमीकमजोरी भएमा अनिष्ट हुन्छ भन्ने मान्यता राख्दछ । यसरी माइती र चेली एक आपसमा कोसेलीको आदन प्रदान, प्रेम र करुणाको सौहर्दतापूर्वक सम्मान गर्ने प्रथालाई रिमै मैमै थिबा भनिन्छ । थिबाको अर्थ गुरुङ भाषामा सम्मान गर्नु हो । मैमै (युवा) हरुले रिमै (युवती) हरुलाई र रिमैहरुले मैमैलाई सम्मान गर्नु नै यसको ध्येय हो ।
यसलाई सिउलु चोवा, सिउलु फोवा र सिउलु थिबा पनि भनिन्छ । चोवा सम्मान दिनु, फोवा सम्मान फर्काउनु र थिबा सम्मान चढाउनु भनेर बुझनुपर्दछ । यसबेला रोधीमा सम्मान र आदरभावले ओतप्रोत भएको गीत गाउँदछ । एक आपसमा श्रद्धाको व्यवहार गरिन्छ । शिष्ट र मर्यादित भाषा बोलिन्छ । रिमैलाई देवी र मैमैलाई देवताको रुपमा लिइन्छ । यति खेर लुकेर वा सहमति बिना जान पाउँदैन बाटोमा मजेत्रो क्रमु तेस्र्याएर राखिन्छ । क्रमुलाई नाघेर जान हुन्न । दुईतीन दिनसम्म रोधी गीत सङ्गीतले गुञ्जिन्छ । प्रेम र करुणा, सदभाव र सम्मानले रङ्गिन्छ । मर्यादा, शिष्टता र सभ्यताले मगमगाइन्छ साँच्चि नै स्वर्ग जस्तो अनुभूति भईदिन्छ ।
४) जात्रा याबाः
रोधींमा रोस्योहरुको विशेष क्षण भनेको वैशाख पूर्णेको घाँटु राख्नु हो । घाँटु राख्नु भनेको श्री पञ्चमीमा सुरु गरेर वैशाख पूर्णिमामा विर्सजन गर्न सम्पूर्ण प्रकृया सञ्चालनको जिम्मेवारी पाउँनुलाई बुझिन्छ । यसलाई एकदमै महत्वपूर्ण अवसरको रुपमा लिइन्छ । एउटा रोधीले घाँटु सञ्चालन गर्न ३ वर्षको समय पाउँछ । कुनै रोधीले ५ वर्षसम्म पनि सञ्चालन गर्न पाउँछन् । गाउँमा लाहुरे आउँदा, अतिथि आउँदा, कसैले बाघ मार्दा, कसैले ठेलो जित्दा, विवाह गर्दा, पुटपुटे हुँदा स्वागत सम्मान र खुशीयालीको लागि घाँटु नाचिन्छ । घाँटु नाँच्ने र व्यवस्थापन गर्ने काम पाएको रोधीले मात्र गर्न पाउँछ । घाँटु नाचेर, नचाएर सम्पूर्ण कामको व्यवस्थापन गर्न उन्मुख भएको अवस्थाले गर्दा पारिवारिक जीवन शैलीको अभिमूखिकरणको रुपमा विभिन्न ठाउँको अवलोकन भ्रमणको लागि जात्रा जाने गर्दछ ।
लमजुङ हिमालको फेदमा अवस्थित दुध पोखरी कुण्ड, मेमे पोखरी, पूर्वी लमजुङको अर्को दुध पोखरीमा जनै पूर्णिमा, पोखराको ढुङ्गे साँघु, करापुटारको फलेक सायु लगायत अन्य विविध ठाउँमा मेला हेर्न जात्रा जाने चलन छ । यस्तो जात्रामा निस्कदा गुरुङहरुको आफ्नो विशेष किसिमको नीति नियम हुन्छ । जात्रा जाने कुरा तय भएपछि रोस्यो –जात्रा जाने रोधीको रिमैहरुले जात्रा अवधिभर खानाको लागि चामल पेय पदार्थ, (जाँड, रक्सी र चिया) बाटोमा खाजाको लागि चिउरा, खिउनी, झिलिङग्गे, सेलरोटी, र तरुल व्यवस्थापन गर्छन् । जात्रामा अभिभावकहरुलाई पनिसँगै लैजाने चलन छ । गाउँको भद्रभलादमीहरु आप्mना दौतरी माइतीहरुलाई पनि समावेश गराउँदछ । जसलाई ‘नरिब मैमै’ भनिन्छ । अथवा (बाटो देखाउने माइती)हरुबाट जात्रा अवधिभर लाग्ने माछा मासुको खर्च व्योहोर्ने चलन हुन्छ ।
जात्रामा लाग्ने खर्चको व्यवस्थापनको जिम्मा लिएर अभिभावक र पथ प्रर्दशक भएर सहयोग गरे बापत गाउँमा फर्केपछि जात्रा निस्केको सम्पूर्ण रोस्यो (चेली)हरुले एकदिन श्रम सहयोग गरिदिनु पर्दछ । जात्रा जानुको कारण तीर्थ गर्नु, नयाँठाउँ, नयाँ परिवेशको अध्ययन अवलोकन गर्नु, लेक हिमाल खर्क, चरण र गोठको जानकारी लिनु बोल्ने हिड्ने तरिकाहरु सिक्नु किनमेल गर्ने शैली बुझनु नयाँ ठाउँको रहन सहन सबन्धनमा जानकारी लिनु हो । जात्रामा दूधपोखरी जाँदा पर्यावरण गीत गाइन्छ । सारंगी नाच नाचिन्छ । गीतमा नदी, नाला, डाँडा, काँडा, गाउँ बेसी मेलापातको वर्णन गरिन्छ । जात्रा जानु पहिला आफन्त इष्टमित्र सबैले रोधीमा भेला भएर दुलाही अन्माए जस्तै खुट्टा धोएर बाटो खर्च भनि नयाँ थैलीमा उपहार दिन्छन् । यसलाई गुरुङ भाषामा खोमी क्राँबा भनिन्छ । जात्राबाट र्फकदा चुरोट, तमाखु र साबुन कोसेली स्वरुप ल्याइदिन्छन् । यो पश्चिमी लमजुङको चलन हो तर अहिले लोपोन्मुख अवस्थामा छ ।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ १७:२१