तपाईंले छोडेर गएको २२ बर्ष भएछ । यादहरु मेटिएर मधूर आकृति मात्र मनमा छ अब । तपाईंको बारेमा नसोचेको दिन छैन बाबा । म तपाईंलाई सम्झन्छु, यदि म इमानदार भइरहेको छु भने । तपाईंको परलोकगमनको दिनले मेरो मनमुटु हरेक दिन छोइरहेको हुन्छ, जस्ले सम्झना र पीडाको छाल ल्याउँछ । ढुक्क मुटु फुलेर गला रोकिन्छ ।
मेरा हरेक सपनाहरु र जब मेरा मनका घाउहरु दुख्ने गर्छ, म चाहन्थें मलाई जीवनका हरेक बाटोहरुमा तपाईंको हात समातेर, भरोसा समातेर धेरै लामो बाटो तय गरुँ । तर, साँच्चै ती हात समात्नु भन्दा बिचैमा अस्ताउन लेखेको रहेछ । एकैपटक चितामा आगो लगाउन म किन जन्मेको ? यही प्रश्नले मनमा एकतमासको घोचिरहन्छ ।
म त्यो समय मसंग ती बोझ बोक्ने कल्पना गर्न सक्दिन । शोक, आघात, चित्कार र चिन्ताले घेरिएको टिठ लाग्दो जीवन आफूलाई सीधा राख्न सक्थें भन्ने लाग्थेन । तपाईंले छाडेर गएको घर आज पनि रित्तै छ । तपाईंले छोडेर जाँदाका आमाका काला कपाल सेतै भएर फुलिसकेका छन् । म भगवानसँग रिसाएको थिएँ अनि तपाईंलाई आफैंबाट बचाउन नसकेकोमा म आफैंमा रिसाएको थिएँ । भोलि दाइँ हाल्ने भनेर गाडिएको मियो समातेर एकोहोरो सोचिरहन्थें । गोठ छेउमा उँधो हेरेर सधैं रुने गर्थें । घरको दुःख, अभाव, ऋण, समाजको हेपाई, आफ्नाको पेलाई, आँसु र चिच्चाहटले पार गर्नु प¥यो । बेला–बेला फर्की आए पनि हुने जस्तो लाग्थ्यो ।्
यति छोटो साथले जीवनभरको चोट दियो । तपाईं बाच्नु किन भएन ? सोंचेर मात्र के गर्नु, चित्त बुझाउनु पथ्र्यो । मरण सत्य थियो, संस्कार आवश्यक थियो, दागबत्ती दिनु भनेको कति भयंकर कुरा हो ? पहिलोपटक मैले हजुरलाई दागबत्ती दिँदा अनुभव गरेको थिएँ । त्यो बेला मेरा हात कामेका थिए । मान्छेहरु भन्थे, यहि हो, छोराको कर्तव्य । तर, त्यो कर्तव्य कति कठिन थियो, मैले तपाईंलाई दागबत्ती दिँदा पहिलोपटक अनुभव गरें ।
मैले आफुलाई थाम्न सकिनँ । आफ्नो बाबाको अनुहार सम्झेर आगो राख्नु जत्ति भयंकर कष्ट के हुन्छ ? त्यो मेरा लागि जिन्दगीकै सबै भन्दा कठिन र कठोर परीक्षा थियो । आँसु झारेर सम्झन्छु बाबा, सानो छँदा तपाईंले आफ्नो गोजी खाली गरेर मेरो लागि गरेको सघर्ष । धेरै गर्व गरेको छु । तर त्यो भन्दा बढी धेरै मैले गरेको यो सघर्षको लागि स्वर्गबाट गर्व गर्नुहुनेछ । मलाई थाहा छ, तपाईंले तपाईबिना गरेको यो छोराको साहसको प्रशंसा गर्नुहुनेछ । म भन्न हिम्मत गर्छु तर, यहाँ तपाईंलाई साथमा राखेर सम्झने ठाउँ नपाउँदा गाह्रो भएको छ बाबा ।
जब म बागमती नदी जान्छु, म तटमा उभिन्छु र तपाईंलाई बागमतीको आवाजमा महसुस गर्छु । तपाईंको उपस्थिति महसुस गर्न आकाशतर्फ हेरेर आँखा बाट आँसु बगाउँछु । मैले ठाउँ र ठाउँ सिर्जना गर्न संघर्ष गरेको छु जहाँ म जान सक्छु, तपाईंको सम्झनाहरुसँग रहन सक्छु । आखिर, तपाईं यहाँ कहिल्यै हुनुहुन्न । यहाँ मेरो जीवन तपाईंको परलोक पछि आएको अध्यायमा शोक, भोक, सुर्ता आदिले जरा गाढेको छ । मलाई लाग्छ कि मैले तपाईंबाट त्याग, समर्पण र सघर्ष बुझेको छु ।
तपाईंले देख्नुभयो ! यस पृथ्वीमा तपाईंको अन्तिम क्षणहरुमा बोकेका सबै पीडा र अशान्तिहरुको बारेमा मैले महसुस गरेको छु । यसले मलाई सताउँछ । तपाईंको जीवनको अन्त्यमा, तपाईंको मुख बाट छोरो भेटुँ न भन्ने आवाज हरु मैले सुन्न पाइन । मलाई सुन्ने भाग्य मिलेन, मेरो कर्ममा रहेनछ । तपाईंको त्यही अन्तिम इच्छित आवाजहरुले तपाईंको वरिपरिको जीवन र विरासतको सबै सुन्दरतालाई डुबायो । आमा अगाडि आउँदा र उहाँ मेरो छेउमा बस्दा तपाईंको अभाव महसुस धेरै खड्किन्छ । एकदिन म तपाईं भएको ठाउँमा अवश्य आउने नै छु, अनि हामी सँगै घुमौंला अनि रमाऔंला बाबा ।
बाबा, म सधैं दुःखी हुनेछु कि तपाईंले आफ्नो जीवनको अन्त्यमा एक्लो महसुस गर्नुभयो । तपाईंको घाउ कति गहिरो थियो, नदेखेर पछुताइरहेको छु । तपाईंले मलाई जे देख्न दिनुभयो, मैले मात्र देखें । तपाईं जस्तो हुनुहुन्थ्यो मैले तपाईंलाई माया गरें र सधैं गरिरहन्छु । हामीले साझा गरेका सबै राम्रा र खुसीका पलहरु मैले गहिरो रुपमा राखेको छु । तर, म ती पलहरुलाई हामी दुवैको लागि ठूलो दया र सम्झनका साथ समात्छु ।
अन्त्यमा,
लेखेर नसकिने शब्दहरु छन् । रोएर न पखालिने पीड़ाहरु छन् । मलमपट्टी लगाएर ठिक नहुने घाउहरु छन् । भाग्य र प्रेमले हामीलाई केही वर्ष सँगै दियो, माया बसायो तर टुटेको ठाउँमा हामी निर्बल थियौं । हाम्रो नाता र मायासंग हजुरको जीवन हा¥यो, म टुहुरो भएँ अनि आमा बिधुवा । मेरो संसार निर्बल भई भूईंमा ढल्यो । म एक्लिएँ, रोएँ, कराएँ, बेहोस जस्तो भएँ । सपना भयो बाबा भन्ने शब्द एकपल भित्रमा ? आजको दिन तपाईंको छोराले त्यो घाउ पुर्न सक्ने थियो । मलाई थाहा छ, तपाईं निर्बलतासँग हार्नु प¥यो ।
आज म घाइते छु । मसँग घाउहरू छन् जुन कहिल्यै निको हुँदैन । आशातीतमा आशा खोज्दै, नदेखिने ठाउँमा जवाफ खोज्दै, पत्ता लगाउने बाटो खोज्दै छु बाबा । म फस्टाउन सक्छु कि सक्दिन भनेर चिन्ता लाग्ने गथ्र्यो । तपाईंको अथाह अशिर्वादले उभिन सक्ने हिम्मत राखेको छु । म आफैं निराशा र पीडाको समुद्रमा बाँचेको छु । तर, तपाईंले छाडेको जिम्मेवारी मैले सकुशल काँधमा थामेको छु ।
तपाईंले लगाएको सफलताको सिँढीमा मैले सुखको फूल फुलाएको छु । सब छ मसँग, सिर्फ तपाईंको सामिप्यता बाहेक । आमासँग उभिने तपाईंको शरीर छैन । मेरो काँधमा ढाडस राख्ने तपाईंको हात छैन । मैले म बुझ्ने भएदेखि आमालाई कहिल्यै रोएको देखेको छैन । थाहा छ, आमा हरेक पल रुनु हुन्छ होला, मलाई आँसु देखाउनु भएको छैन । मैले हर सुख दिएको छु पैसाले किन्न सक्ने, तर तपाईंको सामिप्यता किन्न सकिरहेको छैन ।
मलाई यो कर्म दिने ती महान मार्गदर्शकलाई पनि तपाईंको आशीर्वाद मिलोस् । म भगवानसंग प्रार्थना गर्दछु कि तपाईं शान्तिमा हुनुहुन्छ र स्वर्गमा मलाई जहाँबाट तपाईं हेर्न सक्नुहुन्छ र हामी सबैलाई देख्न सक्नुहुन्छ ।
आकाशमा चम्किरहनु तारा बनेर, हररात म मेरो बाबा तारा हो भनेर सम्झिने छु । मलाई यति मात्र आशीर्वाद दिनु तपाईंको ममता सदैव रहिरहोस् । ममा दुनियाले तपाईं देखोस्, तपाईंको छोरा हुँ भनेर गर्व होस् । हामी मिल्ने छौं त्यो तपाईंको संसारमा एक दिन । अनि म स्पर्श गर्ने छु, तपाईंको पाउ अनि बेस्सरी अँगालो मार्नेछु, देखाउने छु तपाईं पछि मैले बनाएर छोडेर आएको संसार । हामी खÞुसी हुनेछौं, हाम्रो सिर्जना देखेर, मैले पूरा गरेको मेरो जिम्मेवारी देखेर तपाईंलाई गर्व हुनेछ, सान हुनेछ ।
धेरै धेरै सम्झना बाबा !
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१ २१:१३