तनहुँको भानु नगरपालिका १०, नेपालडाँडा नजिकै आइतबार मध्यान्ह सवा १२ बजेतिर भएको दुर्घटनामा परेर लमजुङका १ जना र मनाङका १ जनाको मृत्यु भएको छ ।
डुम्रे बेंसीशहर सडकखण्डमा डुम्रेबाट लमजुङ तर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् ।
दुर्घटनामा मरेर मनाङको नासों गाउँपालिका ८ का अन्दाजी ४० वर्षिय मन घलेको मृत्यु भएको छ । उनको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, स्कुटरको पछाडी सवार लमजुङको बेंसीशहर नगरपालिका ८ बस्ने अन्दाजी ३२ वर्षिया अनिता थापा श्रेष्ठको मृत्यु भएको छ । उनको उपचारको क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्य भएको तनहुँ प्रहरीले जनाएको छ ।
निम्न घाइतेहरुः
भोटेओडार अस्पताल प्रालि, सिउँडीबार, लमजुङमा
१, स्कुटर चालक लमजुङ बेंसीशहर ८ बस्ने वर्ष ४१ को दिपेन्द्र श्रेष्ठ टाउको, घाँटी छातीमा र अनुहारमा चोट । अवस्था सिरियस । चितवन रिफर ।
२, लमजुङ बेंसीशहर नगरपालिका । वडा नखुलेको । लक्ष्मी गुरुङकी छोरी वर्ष १४ कि पूजा गुरुङ । घाँटी र छातीमा चोट । अवस्था मध्यम । चितवन रिफर ।
३, ओखलढुङगा जिल्ला, मलुङ गाउँपालिका ३ बस्ने वर्ष ५२ को प्रेमबहादुर सुनार । बाँया खुट्टा फ्याक्चर र छातीमा चोट । अवस्था मध्यम । चितवन मेडिकल कलेज रिफर भएको ।
४, लमजुङ दूधपोखरी गाउँपालिका ५ बस्ने वर्ष २४ की युनिशा गुरुङ । टाउको, घाँटी र दुबै हातमा चोट । अवस्था मध्यम । चितवन रिफर ।
५, लमजुङ बेंसीशहर नगरपालिका ५ बस्ने वर्ष ६७ की राज कुमारी गुरुङ । दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
६, लमजुङ बेंसीशहर नगरपालिका ३ बस्ने वर्ष ५४ को लिला प्रसाद बसौला । दाहिने खुट्टा र मुखमा चोट । अवस्था मध्यम ।
७, ओखलढुङ्गा चिसङखुगढी गाउँपालिका १ बस्ने वर्ष ३५ को अधिष राई । बायाँ खुट्टामा चोट । अवस्था सामान्य ।
८, सोलुखुम्बु माफ्यु गाउँपालिका १ बस्ने वर्ष ३२ को कुमार राई । बायाँ खुट्टामा चोट । अवस्था सामान्य ।
९, गोरखा बारपाक सुलिकोट गागाउँपालिका ८ बस्ने बर्ष अन्दाजी ५१ को धनबहादुर गुरुङ । बायाँ खुट्टामा चोट । अवस्था सामान्य ।
लक्ष्मी अस्पताल डुम्रेमा रहेका घाइतेहरुः
१, लमजुङ बेंसीशहर नगरपालिका भकुन्थोक बस्ने बर्ष ७८ की कृष्णकुमारी पाण्डे । दायाँ खुट्टा र बायाँ हातमा चोट । अवस्था मध्यम ।
२, ऐ. बस्ने बर्ष ४३ की तित्थ कुमारी थापा । शरीरका विभिन्न भागमा भित्री चोट । अवस्था मध्यम ।
३, बेंसीशहर नगरपालिका ८ बस्ने बर्ष ३२ की मनिका गुरुङ । शरीरको भित्री भागमा चोट । अवस्था मध्यम ।
स्रोतः जिल्ला प्रहरी कार्यालय, प्रहरी नायव उपरीक्षक अशोक थापा ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ १६:१८