लमजुङमा अलैची जोन समन्वय समिति, तरकारी जोन समन्वय समिति र मौरी जोन समन्वय समितिमा नयाँ नेतृत्व चयन गरिएको छ । बेसीशहरमा आयोजना गरिएको भेलाले हरेक समितिमा पदाधिकारी र सदस्यहरु गरी ९–९ जना रहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङका निमित्त कार्यालय प्रमुख हरीबहादुर मिजारका अनुसार होमबहादुर गुरुङ संयोजन रहने गरी गठन गरिएको अलैँची जोन समन्वय समितिको उपसंयोजकमा होमबहादुर तामाङ, सचिव कामराशी गुरुङ लगायत रहेका छन् ।

तरकारी जोन समन्वय समितिको संयोजकमा विष्णु गुरुङ, उपसंयोजक सविता गुरुङ र सचिवमा यमबहादुर आले चयन भएका छन् । सदस्यहरुमा यमकुमारी श्रेष्ठ, शारदा पौडेल, सुकबहादुर तामाङ, बोधराज थापा, सुकराम गुरुङ र भगवती कँडेल छन् ।
मौरी जोन समन्वय समितिको संयोजकमा धु्रवकुमार दुरा, उपसंयोजक सोनु मगर, सचिवमा बेनबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा प्रेमविनोद विक, सिता आवल, शुभद्रा भुजेल, रघुनाथ गुरुङ, डिलबहादुर गुरुङ र धनबहादुर गुरुङ चयन भएको परियोजनाका निमित्त प्रमुख मिजारले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकराण् परियोजना, परियोजना कार्यान्वयन सम्बन्धी कार्यविधि २०७७ मा जोन समन्वय जोन संचालन समन्वय समितिको व्यवस्था गरिएको छ । यसको अवधि २ वर्षको रहने छ ।
परियोजना कार्यान्वयनमा सहजिकरण गर्ने, जोन क्षेत्रमा सुचिकृत भएका कृषकहरुबाट समिति गठन हुने परियोजनाका निमित्त मिजारले बताए । उण्नका अनुसार बेंसीसहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, क्व्हालोसोथर, दूधपोखरी र दोर्दी गाउँपालिकामा अलैँची जोनको कार्य क्षेत्र रहेको छ ।
बेंसीशहर नगरपालिका, सुन्दरबजार, राइनास, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकामा तरकारी जोन क्षेत्र रहेको छ । सुन्दरबजार नगरपालिका, बेंसीशहर, मध्यानेपाल, राइनास, दूधपोखरी गाउँपालिका, दोर्दी र क्व्होलासोथार गाउँपालिकामा मौरी जोन क्षेत्र रहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ २०:३०