कास्कीको मादी गाउँपालिका १, सिक्लेसका निवर्तमान वडाअध्यक्ष, अन्नपूर्ण मावि सिक्लेसका पूर्वप्रधानाध्यापक, सिक्लेस क्षेत्रका बुद्धिजीवि सुरज कुमार गुरुङको स्मृतिमा प्रकाशित ‘मास्टर सुर्जे’ स्मृति ग्रन्थको एक समारोहबीच विमोचन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङ, कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री बेदबहादुर गुरुङ (श्याम), मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, मादी गाउँपालिका १ का वडाअध्यक्ष देवीजंग गुरुङ, सुरज स्मृति कोषका संरक्षक सर्वजित गुरुङ, प्रधानसम्पादक एवम् लेखक तीर्थ गुरुङले संयुक्त रूपमा उक्त स्मृति ग्रन्थको विमोचन गरे ।

विद्यार्थी, अभिभावक, उनका परिवार, इष्टमित्र, शुभचिन्तक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, विभिन्न संघ संस्थाका प्रतिनिधिसहितको उपस्थितिमा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
अन्नपूर्ण मावि सिक्लेसका प्रधानाध्यापक शंकर खनालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्रधान सम्पादक तीर्थ गुरुङले पुस्तकबारे चर्चा गरेका थिए । कार्यक्रममा संघीय सांसद मनबहादुर गुरुङ, प्रदेश सांसद बेदबहादुर गुरुङ (श्याम), मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, वडाध्यक्ष देवीजंग गुरुङ, पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक नरेश पौडेल, दिपिका गुरुङ, लेखबहादुर गुरुङलगायतले सुरजकुमार गुरुङले पु¥याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा स्व. सुरजकुमार गुरुङका नातिनातिनीहरुले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक गेहेन्द्र गुरुङले गरेका थिए ।
उनले सुरज गुरुङ स्मृति कोषमार्फत ‘मास्टर सुर्जे’ स्मृति ग्रन्थ प्रकाशनमा आफ्नो बलबुताले भ्याएको सहयोग गर्न पाउँदा खुशीको अनुभुति गरेको बताए । सुरज गुरुङ स्मृति कोषमा चन्दा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति विशेष र संघ संस्थाप्रति विद्यालयले आभार प्रकट गरेको छ । साथै ‘मास्टर सुर्जे’ स्मृति ग्रन्थ प्रकाशनमा साथसहयोग गर्ने सम्पादक मण्डल, लेखक, सल्लाहकार, संरक्षक, संयोजक, प्रेसलगायतलाई उनले धन्यावाद ज्ञापन गरे ।

२००८ माघ १४ गते जन्मिएका सुरजकुमार गुरुङको २०७९ पुस १७ गते असामयिक निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ २१:५६