नेपालका पहाडी क्षेत्रका गाउँहरूमा गरिबी र असहज जीवनले गाँजेको कहालीलाग्दो यथार्थ प्रायः देख्न पाइन्छ । यस्तै एउटा सानो गाउँमा बसोबास गर्ने एक परिवारको दुःखद कथा छ, जसले धेरैलाई सोंच्न बाध्य बनाएको छ । यो कथा एउटा जोडीले गरेको समयपूर्व विवाहको परिणाम स्वरूप उत्पन्न भएको गरीबी, असहजता, र संघर्षको हो ।
समयपूर्व विवाह र सुरुवातका चुनौतिहरूः
कम उमेरमा विवाह गर्ने चलन अझै पनि धेरै ग्रामीण क्षेत्रमा सामान्य मानिन्छ । परिपक्वता नपुग्दै र आवश्यक तयारी बिना नै वैवाहिक जीवन सुरु गर्दा जुन प्रकारका चुनौतिहरु आउँछन्, ती यस जोडीले भोग्नुप¥यो । विवाहपछि, उनीहरूको पहिलो सन्तानको रूपमा छोरो जन्मियो । तर, उचित पोषणको अभाव र आर्थिक कठिनाइका कारण बाल्यावस्थामा नै छोरो कुपोषणको शिकार हुन पुग्यो । कुपोषणकै कारण बाल्यावस्थामा नै उसको शारीरिक विकासमा समस्या देखा प¥यो र उसको स्वास्थ्य अवस्थाले सधैं बाबुआमालाई चिन्तामा राख्यो ।
छोराको स्वास्थ्यलाई राम्रो बनाउनका लागि बाबुआमाले सकेसम्मको प्रयास गरे । तर, उपचारको खर्चले गर्दा उनीहरूको सबै सम्पत्ति सकियो । आर्थिक स्रोत कमजोर भएका कारण उनीहरूले प्रारम्भिक बाल्यकालको लागि छोरोलाई राम्रो विद्यालयमा पठाउन सकेनन् । जसोतसो सरकारी विद्यालयमा पढ्न थाले पनि त्यसले उनलाई धेरै फाइदा पु¥याउन सकेन । राम्रो स्वास्थ्य र शिक्षा प्राप्त गर्न नसकेपछि उसको किशोरावस्थामा पनि शारीरिक बनावट असामान्य नै रह्यो ।
पातलो, होचो र कमजोर यी कारणले गर्दा उसले अध्ययनमा समेत प्रगति गर्न सकेन र अन्ततः उसले पढाइ बीचमै छोड्नुप¥यो ।
पढाइ छोडेपछि, परिवारको गुजारा चलाउन उसले ज्यामी काम गर्न थाल्यो । बाबुआमाको सम्पत्ति गुमेपछि उसले पाएको आर्थिक बोझ र पारिवारिक जिम्मेवारीले ऊ सधैं दबाबमा रह्यो । यसरी पढाई छोडे पछि घर परिवारबाट विवाह गर्नुपर्ने अनुरोध आयो । उसले विवाह गर्ने निर्णय गरेपछि विवाहको लागि आफूले सोंचेको जस्तो दम्पत्ति रहेन, किनभने आफैं अनुसारको पत्नीको आगमन भयो ।
सायद आफू पढेलेखेको भए त्यही अनुसारको पत्नी पाउने सम्भावना थियो । अत्यन्त मेहनत गर्दा पनि परिवारलाई उकास्न नसकेपछि उनले विदेश जाने सोंच बनायो । ऊ विदेश त गयो तर, आवश्यक शिक्षा र सीपको अभावले गर्दा उसले त्यहाँ पनि कुल्लीको काम मात्रै पाउन सक्यो । उसले त्यहाँ कमाएको पैसाले पनि उसको आर्थिक अवस्था सुधार्न सक्ने अवस्था रहेन । सन्तोषजनक पैसा कमाउन नसकेपछि ऊ फेरि आफ्नै गाउँ फर्किन बाध्य भयो ।
आफ्नो सन्तानको लागि राम्रो भविष्य बनाउन नसकेको पीडाले गर्दा ऊ सधैं चिन्तित रह्यो । श्रीमतीको इच्छानुसार उसले पनि एक सन्तान जन्मायो तर, आफ्नो कमजोर आर्थिक अवस्थाले गर्दा ऊ आफ्नै सन्तानलाई पनि राम्रो शिक्षा र सुविधा दिन असमर्थ बन्यो । उसले आफ्ना बाबुआमाको गल्ती र निर्णयको परिणामस्वरूप जिन्दगीभरि संघर्ष गरेजस्तै उसको सन्तानले पनि तिनै कठिनाइहरू भोग्नुपर्ने सम्भावना बढेर गयो ।
यो परिवारको कथाले समाजलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ कि समयपूर्व, परिपक्वता नपुग्दै विवाह गर्नुले परिवारलाई आर्थिक र सामाजिक समस्यामा पार्न सक्छ । समयपूर्व विवाहले निम्त्याएको समस्याहरूको समाधान खोज्न र समाजमा यस्ता घटनाहरू नदोहो¥याउने चेतना फैलाउन आवश्यक छ ।
निष्कर्षः
समयमै सोंच र योजना गरेर विवाह गर्नु आर्थिक तथा सामाजिक परिपक्वता प्राप्त गरेर मात्र सन्तानको योजना बनाउनु र राम्रो स्वास्थ्य तथा शिक्षा सुनिश्चित गर्नका लागि मेहनत गर्नु सबैको दायित्व हो । यो परिवारको कहानीले आगामी पिँढीलाई एक ठूलो पाठ सिकाएको छ । समयपूर्व विवाहले न त व्यक्तिगत सफलता दिन्छ न त पारिवारिक सुख । त्यसैले यो समाजले समयमै चेतना फैलाएर गरिबीको चक्रबाट छुटकारा पाउन सके यस परिवारजस्तै अन्य परिवारले पनि आफ्नो जीवन राम्रो बनाउन सक्छन् ।
क्व्होलासोथार–४, भुजुङ घर भएका लेखक राजु परियार क्व्होलासोथार गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १०:४६