बेंसीशहर नगरपालिका ८ मा रहेको ल्याण्ड स्टार अंग्रेजी स्कुलले आयोजना गरेको स्पोर्ट मिटमा बुधबार कक्षा १ देखि ७ सम्मका कक्षागत खेल सम्पन्न भएका छन् । स्कुलले मंगलबारदेखि १७ औ बार्षिकोत्सवको अवसर पारेर स्पोर्ट मिट शुरु गरेको छ ।
विजयी विद्यार्थीलाई मंसिर ६ गते बिहीबार आयोजना गरिने विद्यालयको बार्षिकोत्सवमा पुरस्कार वितरण गरिनेछ । खेल अन्तरगत बुधबार भएको कक्षा १ को बलुन फुटाइ खेलमा छात्रतर्फ आयन गुरुङ प्रथम, इभान गुरुङ द्वित्तीय र लिरिक्स गुरुङ तृतीय भएका छन् । छात्रातर्फ जेसु तामाङ प्रथम, आस्मा गुरुङ द्वित्तीय र प्रकृति श्रेष्ठ तृतीय भएका छन् ।
कक्षा २ को बल ट्रेस खेलमा छात्रतर्फ हिमान्सु भुजेल प्रथम, प्रमोदजङ गुरुङ द्वित्तीय र कैलाश गुरुङ तृतीय भएका छन् । छात्रातर्फ अनन्या तामाङ प्रथम, रन्जिता आले मगर द्वित्तीय र विमला दनाईं तृतीय भएका छन् ।
कक्षा ३ को बुक अन हेड रेस खेलमा छात्रतर्फ कोसिक गुरुङ प्रथम, सुशान्त भण्डारी द्वित्तीय र डेभिड केसी तृतीय भए । छात्रातर्फ वर्षा बस्नेत प्रथम, शान्ति गुरुङ द्वित्तीय र प्रियन्सु भण्डारी तृतीय भए । कक्षा ४ को बलुन वक खेलमा छात्रतर्फ खेमयाक गुरुङ प्रथम, वितेश गुरुङ द्वित्तीय र आकाश गुरुङ तृतीय भए । छात्रातर्फ अनुष्का घिमिरे प्रथम, योगिता गुरुङ द्वित्तीय र कृतिका घले तृतीय भएका छन् ।
कक्षा ५ को म्युजिकल चेयर खेलमा छात्रतर्फ शिशिर गुरुङ प्रथम, नयन थापा द्वित्तीय र प्रान्जल दुलाल तृतीय भएका छन् । छात्रातर्फ युनिषा कुमाल प्रथम, अन्सु भण्डारी द्वित्तीय र उत्सवी घले तृतीय भएका छन् ।
कक्षा ६ को पिक द कप विथ बलुन खेलमा छात्रतर्फ अभिषेक तामाङ प्रथम, प्रशुन पौडेल द्वितीय र धिरज जिम्बा तृतीय भएका छन् । छात्रातर्फ स्मारिका गुरुङ प्रथम, सोनिया बि.क. द्वित्तिय र अपेक्षा दुलाल तृतीय भएका छन् ।
कक्षा ७ को मार्वल एण्ड व्याङ्गल्स खेलमा छात्रतर्फ युविन गुरुङ प्रथम, असुम गुरुङ द्वितीय र मोहित राना तृतीय भएका छन् । छात्रातर्फ वर्षा रेग्मी प्रथम, सोफिया गुरुङ द्वित्तीय र अनुषा थापा तृतीय भएका छन् ।
यस्तै, टेबलटेनिस खेलमा छात्रतर्फ कक्षा १० का फमिन गुरुङ प्रथम, कक्षा ९ का कुशल लामा द्वित्तिय र कक्षा ८ का शिक्षित पोख्रेल तृतीय भएका छन् । छात्रातर्फ कक्षा ८ का आर्टिका गुरुङ प्रथम, कक्षा ८ कै अस्मि गुरुङ द्वित्तीय र कक्षा ९ का गरिमा घले तृतीय भएका छन् ।
यस्तै, अन्तरसदनात्मक भलिबल खेलमा छात्रतर्फ ग्रीन हाउस प्रथम भएको छ । ह्वाइट हाउस द्वित्तीय भएको छ । छात्रातर्फ ब्ल्यु हाउस प्रथम भएको छ । पर्पल हाउस द्वित्तीय भएको छ । अन्तरसदनात्मक बास्केटबलमा छात्रतर्फ ग्रीन हाउस प्रथम र ह्वाइट हाउस द्वित्तिय भएको छ । छात्रातर्फ पर्पल हाउस प्रथम र ब्ल्यु हाउस द्वित्तीय भएको छ ।
विद्यालयका शिक्षक राजकुमार धितालका अनुसार बिहीबार बिहान सवा ६ बजेबाट व्याडमिन्टन खेलको फाइनल र ७ बजेबाट छात्र तथा छात्राको १ हजार ५ सय मिटरको दौड सञ्चालन गरिनेछ । विजयी विद्यार्थीलाई बिहीबार आयोजना गरिने १७ औ बार्षिकोत्सवको दिन पुरस्कृत गरिने विद्यालयका प्रिन्सीपल ईश्वर पौडेलले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १८:४३