बिहिबार, साउन १४, २०७८ / Jul 29, 2021
Loading...

यी ९ तस्बिरमा हेर्नुहोस् बाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन भइन् प्रियंका चोपडा

Advertisement
यी ९ तस्बिरमा हेर्नुहोस् बाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन भइन् प्रियंका चोपडा
Advertisement

बलिउड नायिका प्रियंका चोपडाले शनिबार (१८ जुलाई) मा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् । उनी उत्तर प्रदेशको बरेली शहरमा हुर्किएकी हुन् । उनको जन्म जमशेदपुरमा भएको थियो तर उनका आमाबुवा दुबै भारतीय सेनामा थिए त्यसैले उनले लखनउ, बरेली, दिल्लीसहित भारतका अन्य थुप्रै शहरमा बस्ने मौका पाइन् । उनी सन् २००० मा विश्व सुन्दरी बनिन्, त्यसपछि उनले फर्किएर हेर्नुपरेको छैन । उनले बलिउडसहित हलिउडमा पनि आफ्नो रङ्ग जमाइसकेकी उनी अमेरिकी गायिका निक जोनससँग विवाह गरिन् र उनी अमेरिकामा सेटर छिन् । प्रियंकाले अहिले जुन स्थान हासिल गरेकी छिन् त्यसका लागि उनले कडा मिहिनेत गरेकी छिन् । उनले अन्तर्वार्तामा आफू सधैं आफ्नो सपनासँगै हुर्किएको बताउने गरेकी छिन् । मानिसहरुले आफूलाई ‘तिमी एक केटी हौ, तिम्रो सपना पूरा हुँदैनन्’ भन्ने गरेको उनले बताउँछिन् । जब उनी अमेरिका पढ्न गइन् तब उनलाई मानिसहरुले उनको रङ्गका कारण तनाव दिने गर्दथे । उनको खुट्टामा सेता दाग थिए जसले उनको आत्मविश्वास डग्मगाएको थियो । आज प्रियंकाको खुट्टाले १० वटाभन्दा बढी ब्रान्डको विज्ञापन गरिरहेको छ । प्रियंकाले आफ्नो मिहिनेतले आफ्नो सबै सपना पूरा गरेकी छिन् । उनको जन्मदिनको मौकामा उनका केही नदेखिएका तस्बिर हेरौं।

प्रियंका चोपडा अहिले स्टाइल आइकन हुन् तर वाल्यकालमा उनलाई पश्चिमा शैलीको कपडा लगाउन दिँइदैन थियो । उनी अमेरिकाबाट फर्किएपछि उनका पिताले उनलाई टाइट कपडा लगाउन दिँदैनथे ।

प्रियंका पढाईमा निकै अब्बल थिइन् । उनलाई वाल्यकालमा मिट्ठू निकनेम दिइएको थियो । एक अन्तरवार्तामा उनले आफूलाई उक्त नाम मन नपरेको  र आफैंले नाम परिवर्तन गरेर मिमी बनाएको बताइन् ।

प्रियंका चोपडाले १३ वर्षको उमेरमा अमेरिका पढ्न जाँदा रङ्गका कारण त्यहाँका बच्चाहरुले उनलाई भिन्न प्रकारको व्यवहार गर्ने गरेको बताइन् । उनका अनुसार बच्चाहरुले उनलाई ब्राउनी र करी भनेर बोलाउँथे ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार

Advertisement

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७