आइतबार, कार्तिक ७, २०७८ / Oct 24, 2021
Loading...

भूस्वर्गका रुपमा चिचिने खप्तडमा ग‌ंगा दशहरा मेला शुरु

Advertisement
भूस्वर्गका रुपमा चिचिने खप्तडमा ग‌ंगा दशहरा मेला शुरु
Advertisement

सिलगढी– भूस्वर्गका रुपमा चिचिने सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा गंगा दशहरा मेला शुरु भएको छ । प्रत्येक वर्षको जेठ महिनामा खप्तडामा गंगा दशहरा मेला लाग्ने गर्छ ।

मेला भर्नका लागि स्वेदश तथा विदेशबाट हजारौं तीर्थालु तथा पर्यटकहरु खप्तड पुग्ने गर्छन् । खप्तडमा मंगलबार राति विशेष मेला लाग्ने जनाइएको छ । खप्तड मेलाअन्तर्गत मंगलबार राति देउडा खेल्ने तथा बुधबार विहान पूजाआजा हुने छ ।

दशहरा मेलाको अवसर पारेर डोटी उद्योग वाणिज्य संघले यस वर्ष पनि पुरुष भलिबल प्रतियोगिता, घोडा दौड र देउडा प्रतियोगिता पनि आयोजना गरेको छ ।

गंगा दशहरा मेलाका दिन खप्तडको त्रिवेणी धाममा नुहाउँदा पाप नाश हुने विश्वास गरिन्छ । यस्तै, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने भन्ने विश्वासका कारण यो मेलाको समयमा वृद्धवृद्धादेखि बालबालिकालगायत अन्य युवाहरुको पनि बढी भीड लाग्ने गर्छ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार

Advertisement

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७