बिहिबार, साउन १४, २०७८ / Jul 29, 2021
Loading...

भटाभट म्युजिक भिडियोको छायांकन, फिल्मको कहिले ?

Advertisement
भटाभट म्युजिक भिडियोको छायांकन, फिल्मको कहिले ?
Advertisement

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । जसका कारण सिनेमा क्षेत्र पूर्ण रुपमा बन्द छ । लकडाउन गर्नुअघि नै सिनेमा घर बन्द गर्न सरकारले निर्देशन दिएको थियो ।

लकडाउनका कारण फिल्मकर्मीहरु लामो समय फुर्सदमा रहे । रिलिज भइरहेका फिल्म पनि लकडाउनका कारण रोकिए । काम पूर्ण रुपमा ठप्प भयो ।

अहिले भने लकडाउड खुलेसँगै मनोरञ्जन क्षेत्रमा पनि चहलपहल बढेको छ । लकडाउनको समयदेखि नै म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका थिए । लकडाउन खुकुलो बनाएसँगै म्युजिक भिडियोको काम तीव्र गतिमा भइरहेको छ ।

दयाहाङ राई, विपिन कार्कीदेखि केकी अधिकारी, स्वस्तिमा खड्का लगायत म्युजिक भिडियोमा व्यस्त भएका छन् । एकपछि अर्को गर्दै म्युजिक भिडियो पनि रिलिज भइरहेका छन् ।

सिनेमा घर बन्द भएका कारण नयाँ फिल्म रिलिजबारे फिल्मकर्मी मौन छन् । अहिले सिनेमा हल खुले पनि कोरोना भाइरसको संक्रमण हुने डरले फिल्म हलमा दर्शक पुग्ने छैनन् । अन्तर्राष्ट्रिय फिल्मले पनि तत्कालका लागि रिलिज तोकेका छैनन् । फिल्म हल खुला भए पनि तत्काल हलमा दर्शकको उपस्थिति हुन सम्भावना न्यून छ ।

लकडाउन खुले पनि फिल्म छायांकनका लागि कुनै टिम पनि अझै तयारी थालेको छैन । यद्यपि धेरै फिल्मकर्मीहरु भदौदेखि फिल्मको छायांकन थाल्ने योजनामा छन् । भदौदेखि लामो दूरीका यातायात समेत चलाउने सरकारले निर्णय गरेको छ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार

Advertisement

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७